प्रहरीको कुटाइबाट पत्रकार महासंघका अध्यक्ष कार्की घाइते, अवस्था गम्भीर

सिन्धुली । नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष होमकुमार कार्की (राजन) लाई शनिबार राती विनावर्दीका प्रहरीले कुटपीट गरेका छन । कनपा ६ शिवनगरमा होटलमा खाजा खाइरहेका बेलामा आई भिडियो खिचेको र भिडियो नखिच्न आग्रह गर्दा कार्कीमाथि आक्रमण भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी हवल्दार काभ्रे खावा ६ घर भएका ३० वर्षिय सलाम सिंह लामा र प्रहरी जवान काभ्रे पनौती ७ का २८ वर्षिय विकास सिंह स्याङतानले कार्कीमाथि हातपात गरेका हुन । यो खबर आजको राजधानी दैनिकमा छ।

अध्यक्ष कार्कीको हेलमेटले कुटेका कारण टाउकोमा गम्भिर चोट लागेको छ । वेहोस अवस्थामा रहेका कार्कीको सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि राती नै काठमान्डौ रिफर गरिएको सिन्धुली अस्पतालका डाक्टर सुमित्र गौतमले बताइन ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

विपन्न र भूमिहीन परिवारका लागि निर्माण गरिएका घर हस्तान्तरण

काङ्ग्रेस केन्द्रीय समिति बैठक आज बस्दै