पक्कै पनि बालबालिकालाई गाली गर्ने, छुट्याउने गर्नुहुन्छ होला तर बालबालिकाको सानो झगडा उनीहरूकै लागि फाइदाजनक हुने चिकित्सक बताउँछन्।बाल्यकालमा बच्चाहरू झगडा गर्छन् भने त्यसलाई धेरै हदसम्म छुट दिएकै राम्रो हुने पाटन विज्ञान प्रतिष्ठानका मानसिक रोग विभागका प्रमुख डा।रवि शाक्यले बताए।उनले बालबालिकाको सानोतिनो झगडाले रचनात्मक हुन मद्दत गर्ने जानकारी दिए। यो खबर आजको गोरखापत्र दैनिकमा यलु जोशीले लेखेका छन्।
डा। शाक्यले भने, “एक बच्चाले के सामान लियो, त्यही अर्कोलाई पनि चाहिन्छ, त्यसैमा झगडा हुन्छ, रुन्छ तर त्यही झगडाले अर्को बच्चाले धेरै ज्ञान प्राप्त गरिरहेको हुन्छ। दाजु अथवा दिदीले गरेको काम या पढाइले सानो बालबालिकाले पनि धेरै कुरा सिकिरहेको हुन्छ भने विभिन्न रचनात्मक काम पनि गरिरहेको हुन्छ।”बालशिक्षाका विशेषज्ञ कुमुद भट्ट भन्छन्, “बालबालिकाको झगडाले हामीलाई पनि सिक्ने मौका मिल्छ, झगडा गर्नु आफैँमा नराम्रो हो, तर बालबालिकाको सानोतिनो झगडाले उनीहरूलाई नै सिर्जनशील बनाइरहेको हुन्छ। ”
सामान्य कुरामा भनाभन हुनु, कुटाकुट गर्नु, रुनु कराउनु यी सबै सामान्य हुन् । यस्तो लडाइँ झगडाले उनीहरूमा आफ्नो कुरा स्पष्टसँग राख्ने मौका मिल्ने भट्ट बताउँछन्।साथै, आफ्नो कमजोरी पनि औँल्याउने मौका पाउँछन्। जब साथीले मेरो कामप्रति चित्त बुझाउँदैन, तब उसले गाली गर्न थाल्छ ।
यसको मतलब के हो भने, मैले गरेको काम अरूलाई मन परेको छैन, मैले गरेको काम सबैका लागि राम्रो हुन सकेको छैन।डा। शाक्य भन्छन्, “जब बच्चाहरू आपसमा झगडा गर्छन्, तब उनीहरू तर्क पनि गरिरहेका हुन्छन् । उनीहरूले आफ्नो कुरा सही हो भनेर पुष्टि गर्ने प्रयत्न गरिरहेका हुन्छन् । यसबाट के सही, के गलत भन्ने कुरा पनि छुट्याइन्छ । उनीहरू एकअर्कालाई कुटाकुट गर्छन्, रुन्छन्, तब मन सफा हुन्छ। अघिसम्मको रिसराग पखालिन्छ,’ यो पनि एक किसिको फाइदाजनक अभ्यास हो।’
बालविशेषज्ञ रमेश मल्ल भन्छन्, “बच्चाहरू झगडा गर्दा रुन्छन्, तब उनीहरूलाई फकाउनु पर्दैन । केही समयपछि आफैँ सम्हालिन्छन् । यसको अर्थ उनीहरूले आफ्नो मनलाई आफँै सम्झाउने तथा भावनात्मक रूपमा बलियो बनाउने क्षमता वृद्धि हुन्छ।”झगडापछि एकैछिनमा एकअर्कासँग बोल्छन्, घुलमिल हुन्छन्, खेल्न थाल्छन्, रमाउन थाल्छन् । खेल्दाखेल्दै उनीहरूबीच मतान्तर हुन्छ। फेरि तनाव सुरु हुन्छ । एकले अर्कालाई आरोप लगाउन थाल्छन्।एकले अर्कालाई गाली गर्न थाल्छन् । उनीहरूमा यस्तो काम बारम्बार भइनै रहन्छ, त्यसमा अभिभावकले दिक्क भने मान्नु नहुने डा।शाक्यले बताए।
Comments
0 comments