विषादीकै कारण धेरै देशमा प्रतिबन्धित छ भारतीय तरकारी र फलफूल

भारतले वेला वेला विषादी तथा गुणस्तर परिक्षण, तस्करीलगायत नाममा नेपालका कृषि तथा जडिबुटीलगायत उत्पादनलाई निकासीमा अवरोध गर्ने गरेको छ।
नेपालको अदुवा, अलैँची, चिया तथा जडिबुटी निकासीमा भारतले गैरभन्सार अबरोध गर्दै आएको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

व्यापारीहरु नमूना बोकेर कलकाता, पटना र लखनउ पुग्दा नाकामै नेपाली तरकारी र जडिबुटी कुहिने गरेको छ।तर, नेपालमा प्रयोगशाला र जनशक्ति बलियो बनाउनुको सट्टा सरकारले भारतको दबाबमा उताबाट आयात हुने तरकारी र फलफूलको विषादी परिक्षण नै रोकेको छ।

युरोपियन युनियन ९इयु०ले भारतीय फलफूल र तरकारीमा अत्यधिक विषादी भेटिएको भन्दै १ मे २०१४ देखि आयातमा प्रतिबन्ध लगाएको छ।सिंगापुर, साउदी, दुबई र पाकिस्तानमा समेत भारतीय तरकारी र फलफूल प्रतिबन्ध छ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

वर्षाकै कारण जापानको कागोसिमामा ६ लाख मानिस अन्यत्र सार्न आदेश

एसईईमा एक परीक्षार्थीले बाहिरबाट उत्तर लेखेर लगेको आशंका लागेपछाडि छानबिन गर्ने थालियो