सप्तकोशी नदीमा हामफालेका आमा र छोराको प्रहरीले उद्धार गरेको छ । सिरहाको गोलबजार नगरपालिका–८ गोविन्दपुरकी ३५ वर्षीया रोशना खातुन र उनका पाँच वर्षीय छोरा तहसिलको जीवितै उद्धार गरिएको हो ।
चार छोराछोरीसहित खातुनले गए राति हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित सप्तकोशीमा हामफालेकी थिइन् । खातुनका १२ र सात वर्षीय छोरा तथा दुई वर्षीया छोरी अझै बेपत्ता छन् । प्रहरी र स्थानीयवासीले तीनैजनाको खोजी गरिरहेको छ । बगेर तीन किलोमिटर टाढा पुगेकी खातुनलाई आज उद्धार गरिएको हो । उनको भारदहस्थित अस्पतालमा उपचार भइरहेको छ । पानीको बहाव अत्यधिक भएकाले खोजी गर्न कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । (रासस)
Comments
0 comments