एजेन्सी- बलिउडकी चर्चित नायिका आलिया भट्टले णवीरसँगको प्रेम आफ्नो उपलब्धी नभएको बताएकी छन् । उनले भनेकी छन् ‘ म मान्दिन, प्रेम कुनै उपलब्धी हो । तर, एउटा कुरा सत्य के हो भने यो सुन्दर हुन्छ र यसलाई उत्सवको रुपमा मनाउन सकिन्छ ।’आलियाले आफ्नो प्रेमलाई सुरक्षित राख्न चाहेको भन्दै यसलाई प्रचारको माध्यम बनाउन नचाहेको पनि उल्लेख गरिन् ।
आलियाले आफ्नो प्रेमलाई घरमा रहेको बिरालोसँग पनि तुलना गरेकी छिन् । उनले भनिन्–‘मेरो घरको बिरालो निकै लजालु छ र उ सामाजिक संजालका लागि तयार छैन ।’ अहिले बलिउडमा यो जोडीको प्रेमले निकै चर्चा पाएको छ ।
नायिका भट्ट र नायक कपुरले पनि आफ्नो प्रेमलाई नयाँ उचाई दिनका लागि कुनै कसर बाँकी राखेनन् ।
Comments
0 comments