भक्तपुर केन्द्रविन्दु बनाएर गयो ४.६ रिक्टरको भूकम्प

काठमाडौँ – भक्तपुरको दूधपाटी आसपास केन्द्रविन्दु भई भूकम्प गएको छ । आज अपरान्ह ४ बजेर १५ मिनेट जाँदा ४.६ रिक्टर स्केलको परकम्प गएको खानी तथा भू–गर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख लोकविजय अधिकारीले गोरखा भूकम्पको परकम्प गएको राससलाई जानकारी दिनुभयो । उहाँले परकम्प सानै भएपनि परकम्प नगएको लामो समय भएकाले अहिलेको परकम्पको ठूलो धक्का महशुस गरिएको बताउनुभयो ।(रासस)

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

आखिर किन मेकअप बिनाको तस्विर पोष्ट गर्दै यस्तो फरक स्टाटस लेखिन् काजलले ?

भक्तपुर केन्द्र बनाएर राजधानीमा भूकम्प, उपत्यकामै केन्द्र भएकाले ठूलो झड्का