गौरव पोदार जम्मा ९ बर्षका भए । उनी अहिले कक्षा २ मा अध्ययन गरीरहेका छन् । उनको मुटुमा प्वाल परेको छ । उनीको वास्तवीक घर भने भारतको बिहार राज्यमा पर्ने समस्तीपुर गाउँमा पर्छ । उनको परिवार भने लामो सयमदेखि नेपालमै बस्दै आएको छ ।
उनकी आमा पिङ्कु पोदारले छोराको ज्यान जोगाइदिन सबैसँग आह्वान गरेकी छन् । काठमाण्डौको तिलगंगामा उनको सानो तरकारी पसल छ । तरकारी पसलबाट हुने आम्दानीले घर खर्च मात्रै चल्ने भएकाले छोराको मुटुको उपचार गर्न उनलाई समस्या भएको छ ।
पिङ्कुका अनुसार गौरवको उपचारमा संलग्न भएका डाक्टरले १० दिन भित्र उनको मुटुको अप्रेसन गर्नुपर्ने बताएका छन् । उपचारको लागि चाहिने मोटो रकम भने आफुसँग नभएको भन्दै उनले सहयोग गरिदिन सबैसँग आह्वान गरेकी हुन् ।
Comments
0 comments