सुख्खा पहिरो खसेपछि पोखरा–बाग्लुङ सडक अवरुद्ध, यात्रुहरु अलपत्र

पर्वत – कुश्मा नगरपालिका–८ दोबिल्लामा खसेको सुख्खा पहिरोका कारण पोखरा–बाग्लुङ सडक अवरुद्ध भएको छ। शनिवार बिहान ७ बजेदेखि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

लोकमार्गको सडक चाक्लाउने क्रममा अग्लो गरेर भीर काटिएको ठाउँबाट पहिरो झरेको हो। लगाएर अवरुद्ध सडकलाई खुलाउने प्रयास भैरहेको बताइएको छ ।

सडक बन्द हुँदा पोखराबाट साविकको धौलागिरीका बाग्लुङ, म्याग्दी, पर्वत र मुस्ताङबाट पोखरा हुँदै बाहिरिने सयौँ सवारी साधनहरु रोकिए पछि यात्रु मर्कामा परेका छन् सवारीहरुको जाम मात्रै झण्डै ३ किलोमिटर पुगेको पनि ट्राफिक प्रहरीले बताएको छ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

मर्मश्पर्शी गीत ‘जलन’ हेर्नुहोस भिडियो

रेफ्रिका कारण ब्राजिलसँग हारेको भन्दै झोक्किएका मेसीले चिलीसँग तेस्रो स्थानका लागि भिड्ने