रेफ्रिका कारण ब्राजिलसँग हारेको भन्दै झोक्किएका मेसीले चिलीसँग तेस्रो स्थानका लागि भिड्ने

एजेन्सी – कोपा अमेरिकाको उपाधि दाबी गरे पनि अर्जेन्टिनाले आफ्नो लयमा खेल्न नसक्दा उसले अहिले तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दैछ । २०१९ को तेस्रो स्थानका लागि साविक विजेता चिली र अर्जेन्टिना भिड्न लागेका हुन् । अर्जेनिटनाका कप्तान तथा बार्सिलोनका स्टार खेलाडी मेसीले आँफुहरुले ब्राजिलसँग भिड्दा रेफ्रीले साथ नदिएका कारण हार्नु परेको भन्ने विबादास्पद अभिब्यक्ति दिएका बेला उनले तेस्रो स्थानका लागि खेल्दै छन् ।

अर्जेन्टिना सेमिफाइनलमा ब्राजिलसँग २- ० ले पराजित भएको थियो भने चिलीलाई पेरुले ३ – ० को अन्तरले हराउन सफल भयो । तर मेसीको अर्जेन्टिना र चिलीले सेमिफाइनलमा भने अपेक्षित प्रदर्शन गर्न सकेनन् । र यि दुई देशको संघर्ष अझै जारी छ । तेस्रो स्थानको खेलमा जित दर्ता गर्दै दुवै टोली सुखद अन्त्य गर्ने प्रयास रहने पक्का छ । अर्जेन्टिनाले पछिल्लो दुवै फाइनलमा चिलीसँग टाइब्रेकरमा पराजय बेहोर्दै आएको सन्र्दभमा अबको खेलमा कसले बाजी मार्ला त्यो भने हेर्न बाँकी नै छ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

सुख्खा पहिरो खसेपछि पोखरा–बाग्लुङ सडक अवरुद्ध, यात्रुहरु अलपत्र

२०६९ मा काठमाडौं छिरेका प्रकाश सपुतको संघर्षको कथा पढ्दा आँखा रसाउँछन्