प्रम ओलीको कटाक्ष : ‘बाबुरामको डिग्री काम छैन, नेपालमा पिएचडी गर्नेहरू धेरै छन्’

ओलीले डा. बाबुराम भट्टराईप्रतिसमेत कटाक्ष गरे । ‘डिग्रीले क्रान्ति गर्दैन । निष्ठाले, दृष्टिकोणले क्रान्ति गर्छ ।’ डिग्रीले देश सम्हाल्यो भने ठीकै हुने, तर दम्भ पलाए अनेक समस्या ल्याउने दाबी गरे । ‘नेपालमा पिएचडी गर्नेहरू धेरै छन्, पिएचडीकै भरमा उहाँले दम्भ देखाउन आवश्यक छैन,’ ओलीले भने ।

बाबुरामजी नेकपामा आउनोस् स् प्रचण्ड
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट आन्दोलनमै जोडिए मात्र बाबुराम भट्टराईको बौद्धिकताको अर्थ हुने बताए । ‘बाबुरामजीको बौद्धिकता अन्त प्रयोग हुन सक्दैन, कम्युनिस्ट आन्दोलनमै जोडिए मात्र पिएचडी प्रयोगमा आउन सक्छ’ उनले भने । कम्युनिस्ट पार्टीमा हुँदा बाबुरामको धेरै ठूलो महत्व र भूमिका हुने भन्दै प्रचण्डले नेकपामा आउन आह्वान गरे । यो समाचार नयाँ पत्रिका राष्ट्रिय दैनिक अखबारमा प्रकाशित छ।

एकतामा आउन सबैलाई आह्वान
मोहनविक्रम सिंह, मोहन वैद्य किरण, नारायणमान बिजुक्छे रोहित, चित्रबहादुर केसी र नेत्रविक्रम चन्द विप्लवलाई पनि एकतामा आउन उनले आह्वान गरे । ‘के गर्दा आफूले गुरु मानेका नेताहरूलाई एक ठाउँमा ल्याउन सकिन्छ, गर्न तयार छौँ,’ उनले भने, ‘मोहन वैद्यप्रति अहिले पनि सम्मान छ । रोहितजी एउटा वेग्लै धारा भएको नेता हो । प्रचण्डले बाटो बिरायो भनेर विप्लवजी आफैँ सोझ्याउन लाग्नुभएको छ, त्यो असम्भव बाटोतिर नलाग्नुस्, अब सबै एकताबद्ध होऔँ,’ उनले भने । पार्टीभित्र वातावरण बनाउन कुनै कन्जुस्याइँ नगरिने प्रचण्डले दाबी गरे ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

दी फ्लाइट : मानव तस्करीविरुद्धको कथा रंगमञ्चमा

मेथी एक स्वास्थका लागी फाइदा अनेक