पाकिस्तानी अलराउण्डर शोएब मलिकले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।३७ वर्षीय क्रिकेटर मलिकले पाकिस्तानको समूह चरणको अन्तिम खेलसँगै सन्यास लिएका हुन् ।
बंगलादेशविरुद्धको खेलमा जित निकाले पनि रनरेटमा पछि पर्दै पाकिस्तान विश्वकपबाट बाहिरिएको छ । खेलपछि मलिक मैदानमा पुग्दा पाकिस्तानी खेलाडीले उनलाई ‘गार्ड अफ अनर’ दिएका थिए । सन्यास पछि २० वर्षे एकदिवसीय क्रिकेट करियरलाई विश्राम दिएकका उनले माया दिने सबैलाई धन्यबाद भनेका थिए ।
मलिकले १९९९ को अक्टुबरमा वेस्टइण्डिजविरुद्ध एकदिवसीय क्रिकेटमा डेब्यू गरेका थिए । पाकिस्तानका लागि उनले १११ टी–२० खेलेका छन् । पाकिस्तानका लागि २८७ एकदिवसीय क्रिकेटमा ९ शतक, ४४ अर्धशतकका साथ ७ हजार ५ सय ३४ रन बनाए । यसैगरी उनको नाममा १५८ विकेट पनि छ ।
Comments
0 comments