बबरमहलमा मध्यरातमा ट्याक्सीले स्कूटरलाई ठक्कर दिँदा आइपर्यो यस्तो विपत

काठमाण्डौ – काठमाण्डौको बबरमहलमा ट्याक्सीले स्कूटरलाई ठक्कर दिँदा स्कुटर पछाडि बसेका यात्रुको निधन भएको छ । घटना शनिबार बिहानको हो ।

शनिबार बिहान २ बजेतिर बा २ ज ११८८ नम्बरको ट्याक्सीले बा ८३ प ४०३५ नम्बरको स्कूटरलाई ठक्कर दिँदा स्कुटर पछाडि बसेका ओखलढुंगाको सुनकोशी गाउँपालिका–८, का दीपक थापाको घटनास्थलमै निधन भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइते भएका स्कूटर चालक काभ्रे पनौती–१०, का २२ वर्षीय रोहितसिंह ठकुरीको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

मुख्यमन्त्री नमूना कृषि गाउँमा ३१ हजार बिरुवा रोपियो

निलम्बित कम्पनीलाई दूरसञ्चारद्धारा ७८ करोडको ठेक्का