एजेन्सी । अफ्रिकी नेसन कपमा सेनेगल र बेनिन क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएका छन् । इजिप्टमा जारी प्रतियोगिता अन्तर्गत गएराति सम्पन्न खेलमा सेनेगलले युगाण्डालाई १–० ले पराजित गरेसँग आफ्नो स्थान क्वाटरफाइनलमा सुरक्षीत गर्न सफल भएको हो ।
सेनेगलको जितमा साडिओ मानेले १५ औँ मिनेटमा पाएको पेनाल्टीमा गरेको गोल नै जितका लागी काफी बन्यो । त्यस्तै अर्को खेलमा मोरक्कोलाई पराजित गर्दै बेनिनले पनि क्वाटरफाइनलमा स्थान बनाएको छ ।
तुलनात्मक रुपमा मोरक्कोलाई बलियो टिम मानिएपनि उ सले क्वाटरफाइनलमा स्थान बनाउन नसकी घर फर्किन बाध्य भएको हो । गएराती सम्पन्न खेलमा निर्धा्रित र थप गरिएको समयमा दुवै तर्फबाट १–१ गोल भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइयो । जसक कारण बेनिनले ४–१ को जित निकाल्न सफल भएको हो ।
Comments
0 comments