फुस्रे खोलामाथि गण्डकी फर्मले चलाउँदै आएको तुइन हटाइयो

पोखरा महानगरपालिका–१७ र २१ बीचको फुस्रे खोलामाथि गण्डकी फर्मले चलाउँदै आएको तुइन हटाइएको छ । बङ्गुरका दानालगायतका सामग्री ढुवानीका लागि भनिए पनि तुइनबाट विद्यालयका विद्यार्थी र सर्वसाधारण जोखिमपूर्ण रुपमा ओहोरदोहोर गर्दै आएको पाइएपछि तुइन हटाउन बिहीबार स्थानीय प्रशासनले निर्देशन दिएको थियो ।

मङ्गलबार तुइनबाट जोखिमपूर्ण रुपमा विद्यार्थी आवतजावत गर्दै गरेको तस्बिर राष्ट्रिय समाचार समितिबाट सम्प्रेषित भएसँगै उक्त सम्बन्धमा सरोकारवाला निकायको ध्यानाकर्षण भएको थियो । नेपाल प्रहरीको टोलीले आज तुइनमा प्रयोग हुँदै आएको बाकस झिकेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी दिनुभयो । सरकारले तुइन विस्थापन गर्ने नीति लिएको छ ।(रासस)

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

पोखरामा रहेको प्रसिद्ध गन्तव्य महेन्द्र र चमेरे गुफाको गुरुयोजना सार्वजनिक

बंगलादेशलाई हराएपनि पाकिस्तानको यो विश्वकप यात्रा यसकारण समाप्त