नदीमा बहिनीको चप्पल लिन गएकि रीतु फर्केर आईनन्

मस्र्याङ्दी नदीले बगाउँदा एक बालिका बेपत्ता भएकी छन् । नदीले बगाउँदा सुन्दरबजार नगरपालिका–९ बेलघारीकी सात वर्षीया रीतु गुरुङ आज बेपत्ता भएकी हुन् ।

नदी छेउमा खेलिरहेको अवस्थामा बहिनीको चप्पल बगाएको थियो । बगाएको चप्पल लिन जाने क्रममा गुरुङलाई नदीले बगाएको प्रहरी निरीक्षक वसन्त पाण्डेले जानकारी दिनुभयो । प्रहरीले उनको खोजी गरिरहेको छ । बेपत्ता बालिका दोर्दी गाउँपालिका–१ बेलघारीस्थित रत्न प्राविमा कक्षा ३ मा अध्ययनरत थिइन् ।र (रासस)

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

प्रधानसेनापति पूर्णचन्द्र थापा सोमबार अमेरिका जाने

प्रेरणा दाइजो विवादमा ‘मिसिल झिकाउने’ सर्वोच्चको आदेश