विदेशी मुद्रा चोरी गर्ने दुई पाकिस्तानी काठमाडौंमा समातिए

बिभिन्न अपराधमा संलग्न रहेको आरोपमा यहाँबाट दुई पाकिस्तानी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले भक्तपुरको दरवार स्क्वायरस्थित स्वीट होमबाट पाकिस्तानको इस्लामाबाद बस्ने ३२ वर्षीय मोहसिन खान र ३१ वर्षीया पूजा मोहसिन खानलाई आज पक्राउ गरेको हो ।

ललितपुर निवासी राजेन्द्र श्रेष्ठले सञ्चालन गरेको काठमाडौँ महानगरपालिका–२३ झोँछेस्थित डेभिस मेट्रो मनि एक्सचेन्जबाट अमेरिकी डलर नौ सय, साउदी रियाल तीन हजार र चिनियाँ युआन एक हजार ४०० चोरी गरेर फरार रहेका उनीहरुलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको महाशाखाका प्रहरी उपरीक्षक केदार ढकालले जानकारी दिनुभयो ।

उनीहरुले उक्त मनि एक्सचेन्जमा ५०० साउदी रियाल अमेरिकी डलरमा साट्ने बहाना गरी भ्रममा पारी उक्त विदेशी मुद्रा चोरी गरेको अभियोगमा अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

यसअघि उनीहरुले गत वैशाख २९ गते सूर्यविनायकस्थित रामकृष्ण श्रेष्ठको आर.के. इलेक्ट्रिक एण्ड इलेक्ट्रनोनिक्स सेन्टरबाट रु ३० हजार, लोकन्थलीस्थित शन्तकृष्ण हेकाको हेका किचेन स्टोर्सबाट रु ७० हजार र रुपन्देही बुटवलस्थित शारदा वाग्लेको राइजिङ स्पोर्टस् ग्यालरीबाट रु एक लाख ५० हजार चोरी गरेको घटनामा गत वैशाख ३१ गते पक्राउ परी जनही रु ५०–५० हजार धरौटीमा छुटेका थिए । (रासस)

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

अभिव्यक्ति स्वतन्त्रतालाई नभई संचार क्षेत्रमा रहेका विसंगति र अराजकतालाई सरकारले नियन्त्रण गर्न खाजेको हो

कलात्मक प्राचीन राधाकृष्णको मूर्ति चोरी गर्ने राजेशकुमार मूर्तिसहित पक्राउ