अभिव्यक्ति स्वतन्त्रतालाई नभई संचार क्षेत्रमा रहेका विसंगति र अराजकतालाई सरकारले नियन्त्रण गर्न खाजेको हो

संचार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले समेत विनियोजन विधेयक माथिको मन्त्रालयगत छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिएका छन् । उनले अभिव्यक्ति स्वतन्त्रतालाई नभई संचार क्षेत्रमा रहेका विकृति, विसंगति र अराजकतालाई सरकारले नियन्त्रण गर्न खाजेको स्पष्ट पारेका छन् । उनले भने – ‘पे्रसलाई अप्ठ्यारो बनाउने तर्फ सोच्न पनि सकिदैन, अराजकता भने नियन्त्रण गर्नैपर्छ ।’मिडिया काउन्सिल विधेयकका सम्बन्धमा सदनमा नै छलफल हुन जरुरी रहेको बताउँदै संचारमन्त्री बाँस्कोटाले कमजोरी भए सच्याउँदै त्यसलाई समृद्ध समेत बनाउन सकिने पनि बताए । मन्त्री बाँस्कोटाले कर्णाली प्रदेशमा भूगोलका कारण नेपाल टेलिकमको सेवा पु¥याउन अहिले समस्या रहेको स्पष्ट पार्दै नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइन नपुगेका कारण केही स्थानमा टेलिकम र नेपाल टेलिभिजनको प्रसारणमा समेत समस्या भैरहको तथा उक्त समस्या छिट्टै समाधान हुने विश्वास दिलाएका छन् ।
सरकारले आगामी कात्तिकसम्ममा देशका प्रमुख शहरहरुमा फोरजी सेवा उपलब्ध गराउने गरी काम गरिरहेको जानकारी दिंदै मन्त्री बाँस्कोटाले आफू मन्त्री भएर आउँदा फोरजी विस्तार सम्बन्धी फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेको र संसदीय समितिले समेत अध्ययन गरेको भए पनि अब यसलाई एक वर्षभित्र काम सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको पनि सदनलाई जानकारी दिए ।नेपाल टेलिभिजन र रेडियो नेपालको प्रसारण क्षेत्रमा क्रमशः विस्तार भएको जानकारी दिंदै मन्त्री बाँस्कोटाले श्रमजीवी पत्रकारले न्यूनतम पारिश्रमिक पाउनै पर्ने र त्यसलाई कार्यान्वयन गराउन आफू प्रतिवद्ध रहेको पनि स्पष्ट पारेका छन् । उनले लोककल्याणकारी विज्ञापनलाई समेत थप व्यवस्थित बनाउने गरी समानुपातिक विज्ञापन प्रणाली लागू गर्न लागिएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

गलबन्दी गीत गाएर टिकटकमा सर्बाधिक खोजिएकी गरिमाको कति मिठो आवाज,एकाएक मिडियामा भाइरल

विदेशी मुद्रा चोरी गर्ने दुई पाकिस्तानी काठमाडौंमा समातिए