उपप्रमुख खड्गीको स्वास्थ्य सामान्य

काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।उहाँको स्वास्थ्यमा समस्या आएपछि बिहीबार थापाथलिस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो । उपप्रमुख खड्गीको अवस्था सामान्य रहेको नर्भिक अस्पतालका कर्पोरेट कम्युनिकेसन उप–महाप्रवन्धक आरपी मैनालीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “छातिमा समस्या देखिएपछि उहाँ (उपप्रमुख खड्गी) अस्पताल भर्ना हुनुभएको थियो । अहिले खतरामुक्त अवस्थामा सिसियुमा हुनुहुन्छ, शनिबार वा आइतबार घर फकिँदै हुनुहुन्छ ।” खड्गीलाई हृदयघातको आशङ्का गरिए पनि उहाँको एनजिओग्राफी गर्दा त्यस्तो लक्ष्यण नभेटिएको अस्पतालले जनाएको छ ।

राष्ट्रियसभा गृहमा आउँदो आर्थिक वर्षका लागि बजेट तयारीबारे भएको बैठकमा सहभागी हुनुभएकी उपप्रमुख खड्गीले शारीरिक रुपमा असजिलो महसुस गरेपछि अस्पताल लगिएको महानगरपालिकाले जनाएको छ । अस्पतालले प्रारम्भिक स्वास्थ्य परीक्षणका क्रममा २४ घण्टा चिकित्सकको निगरानीमा रहन भनेपछि अस्पतालमा भर्ना गरिएको थियो । लगत्तै महानागरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले अस्पताल पुगेर उपप्रमुख खड्गीको स्वास्थ्य अवस्थाका विषयमा जानकारी लिनुभएको थियो ।(रासस)

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

बजेटले कुनै पनि प्रदेश वा खास क्षेत्रलाई भेदभाव गरेको छैन : अर्थमन्त्री खतिवडा

भारतको तीव्र दबाबसँगै प्रधानमन्त्रीले ठाडो प्रस्ताव गरेपछि भारतबाट नेपाल भित्रिने तरकारी फलफूलमा विषादी जाँच नगर्ने मन्त्रिपरिषदको निर्णय