राति घरमा सुतिरहेको अवस्थामा ओछ्यानमा नै छिरेको बिषालू सर्पले डस्यो शिक्षिका सुनितालाई, शोकमा शुक्रबार बिद्यालय बन्द

पर्सामा बिषालु सर्पको टोकाइबाट एक शिक्षिकाको ज्यान गएको छ । मृत्युु हुनेमा जिल्लाको पर्सागढी नगरपालिका वडा नम्बर १ बस्ने २८ बर्षकी शिक्षिकका सुनिता तिवारी रहेकी छन् । राति घरमा सुतिरहेको अवस्थामा ओछ्यानमा नै छिरेको बिषालू पर्वको डसाइबाट स्थानीय मनवा माध्यामिक बिद्यालयमा पढाउने तिवारीको मृत्यु भएको हो ।

बिहीबार राति सुतेको समयमा सर्पले डसेर बिरामी परेकी तिवारीलाई उपचारका लागि रक्सौल स्थित डंकल अस्पतालमा लगिएकोमा सोही क्रमम मृत्यु भएको हो । सुनिताको मृत्युपछि शोकमा शुक्रबार बिद्यालय बन्द रहेको थियो ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

Cambodia Returned Artifacts

बदेलको आक्रमणबाट घाइते बिक