पूर्वमन्त्री कल्पना धमलासहित तत्कालीन नयाँ शक्तिका नेताहरु नेकपा प्रवेश

पूर्वमन्त्री कल्पना धमलासहित तत्कालीन नयाँ शक्ति पार्टीका नेताहरु देवेन्द्र पराजुली, मनु हुमागाइँ र आम नेपाली पार्टीका नीलकण्ठ पौडेल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गर्नुभएको छ ।

नेकपा कार्यालय धुम्रबाराहीमा आज आयोजित कार्यक्रममा उहाँहरुलाई पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फूलमाला लगाएर पार्टी प्रवेश गराउनुभएको हो ।

नयाँ शक्ति पार्टीबाट प्रवेश गर्नुभएका तीनै जना नयाँ शक्ति पार्टी र सङ्घीय समाजवादी फोरम नेपाल एकीकरण भएपछि उक्त पार्टीमा आवद्ध हुनुहुन्न थियो ।पार्टी प्रवेशलगत्तै धमला, पराजुली र पौडेलले देशको अहिले आशा र भरोसाको केन्द्र नेकपा नै भएकाले यही पार्टी प्रवेश गरेको बताउनुभयो ।(रासस)

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

‘मुलुकलाई फाइदा हुने भएपछि मात्र आइफा अवार्ड आयोजना गर्न दिइने’ : प्रधानमन्त्री ओली

एसीसी यु–१९ इस्टर्नमा सिंगापुर माथि नेपालको शानदार जीत, सिंगापुर २ सय १७ रनले पराजित