भानु प्रताप निर्मित हिन्दी गीतमा रोमान्सको यस्तो दृश्य । नेपाली निर्माताले हिन्दी गीत बनाउनुको कारण खुल्यो (भिडियो हेर्नुस)

राम्रा निर्माता तथा कलाकार हुन्, भानु प्रताप ढकाल । थुप्रै चलचित्रहरुमा खलपात्रको रुपमा अभिनय गरेका ढकालले ‘लालटिन’ जस्तो सफल चलचित्रको निर्माण पनि गरे । हाल अष्ट्रेलियामा रहेर नेपाली फिल्मको प्रदर्शन र प्रवद्धन गरिरहेका भानु प्रतापले ‘बुलबुल’ र ‘पण्डित बाजेको लौरी’ जस्ता पृथक नेपाली चलचित्रहरुलाई अष्ट्रेलियावासी नेपाली चलचित्र प्रेमी दर्शकहरुका माँझ पस्किसकेका छन् । भविष्यमा पनि नेपाली चलचित्रको बिदेशी बजार खोज्न लालायित भानु प्रताप ढकालले यसैबिच एक म्युजिक भिडियोमा लगानी गरेका छन् ।

रमाईलो कुरा, ढकालले लगानी गरेको यो गीत नेपाली हैन, हिन्दी हो । नेपाली भएर हिन्दी गीतको म्युजिक भिडियो किन ल्याए त भानुले ? प्रश्नमा उनले भने, कला र साहित्यको कुनै भुगोल हुँदैन, हामी नेपाली हिन्दी चलचित्र र सँगीतलाई पनि उत्तिकै हेर्छौ र सुन्छौं भने निर्माणमा किन कन्जुस्याई गर्ने ? ‘क्या क्या’ बोलको गीतलाई प्रभात यादवले गाएका हुन् । मनोज अधिकारीको निर्देशन रहेको गीतको भिडियोमा पुष्कर गौतम, रोजी पन्त, दिपा श्रेष्ठ आदिको अभिनय रहेको छ । भानु प्रताप र अमर रसाईलीको सँयुक्त लगानीमा बनेको गीत अष्ट्रेलियाकै सुन्दर लोकेशनहरुमा खिचिएको छ । गीतको भिडियो हेर्नुस

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

सरकारले भूमिहीन र अति विपन्न दलित समुदायलाई जमीन उपलब्ध गराउने

घरको छत र बार्दलीमा मौरीका घार राखेर मौरीपालन गर्दै वार्षिक दुई लाख कमाउँदै