एजेन्सी- महाराष्ट्रमा गंगटोले बाँधमा प्वाल पर्दा १८ जनाको मृत्यु भएको छ । ‘बाँधमा त्यसअघि चुहावट थिएन । बाँध क्षेत्रमा ठूलो संख्यामा गंगटो जम्मा भएपछि चुहावट भएको हो ।
जलस्रोतमन्त्री तानाजी सावन्तले पनि रन्तागिरी जिल्लाको तिवारे बाँध भत्किनुमा बाँध क्षेत्रमा जम्मा भएका ठूलो संख्याका गंगटो जिम्मेवार भएको बताएका छन् ।
घटना दूर्भाग्यपूर्ण उनले सुनाए । निर्माण कार्य नै कमसल थियो भन्ने प्रश्नमा उनले यसबारे आफूले कृषक र गाउँका जनताबाट थाहा पाएको बताए । गत जुन ३ मा बाँध भत्किँदा त्यसभन्दा तल बाढी आएको थियो जसले गर्दा बाँध नजिकै रहेका १२ घर बगाएको थियो ।
Comments
0 comments