एजेन्सी- बलिउड नायिका समिरा रेड्डी यति बेला चर्चामा आएकी छन् । चर्चामा आउनुको कारण हो गर्भवती उनलेपानी भित्र फोटोसुट गराउनु । उनले आफ्नो बेबी बम्पका केही तस्बिर इन्स्टाग्राममा सेयर गरेकी छिन् ।
तस्विरलाई अत्यन्तै मन पराइएको छ । समिरा रेड्डी एकपटक आमा बनिसकेकी हुन् ।उनका चार वर्षका छोरा हंस वर्दे पनि छन् ।
समिराले यसअघि पनि आफ्नो बेबी बम्पका विभिन्न तस्बिर पोष्ट गरिसकेकी छिन् जसमा कतिले मजाक पनि उडाएका थिए । उनले केही फिल्ममा अभिनय गरेकी छन् ।
Comments
0 comments