बाबुरामले डनहरुको भलो होस् भने लगत्तै प्रचण्डले भने कम्युनिष्ट आन्दोलनमा नजोडिए बाबुरामको बौद्धिकताको अर्थ छैन

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्राईलाई कम्युनिष्ट आन्दोलनमा फर्किएर बौद्धिकताको सदुपयोग गन आग्रह गरेका छन् । शुक्रबार समाजवादी पार्टीबाट सत्तारुढ नेकपामा प्रवेश गरेकी पूर्वमन्त्री कल्पना धमला सहितका नेता कार्यकर्तालाई स्वागत गर्न आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले बाबुरामको बौद्धिकताले अन्त गएर कहीँ सकारात्मक परिणाम दिन नसकेको र भोलीका दिनमा पनि त्यसले सार्थकता नपाउने जिकिर गर्दै कम्युनिष्ट आन्दोलनमा जोडिन आग्रह गरे ।

उनले भने “उहाँहरुले हामीलाई छाडेर आफ्नै नेतृत्वमा नयाँ बनाउँछु भनेर हिँड्नु भएको छ। बाबुरामजीको बौद्धिकताले अन्त गएर कहीँ सकारात्मक परिणति दिएको देखिँदैन।”,पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने,”कम्युनिष्ट आन्दोलनमा नजोडिए बाबुरामको बौद्धिकताको अर्थ छैन ।” यसैबिच आज बिहान मात्रै बाबुृरामले पूर्वमन्त्री कल्पना धमला सहितका नेता कार्यकर्ताले समाजवादी पार्टी परित्याग गरि सत्तारुढ नेकपामा प्रवेश गर्न लागेको खबर बाहिरिएपछि डन , व्यपारी र क्रान्तिबाट थाकेकाहरू सत्ताधारी पार्टीमा भागवण्डा खोज्न गएको भन्दै व्यंग्य गरेका थिए ।

उनले आफ्नो ट्वीटर एकाउन्टमा लेखेका छन्स “यतिवेला जता काफल पाक्यो उतै चरी नाच्यो प्रवृत्ति निकै मौलाउँदैछ१डनहरू, व्यापारीहरू, क्रान्तिबाट थाकेकाहरू सत्ताधारी पार्टी पसेर रस चुस्न होडवाजी गर्दैछन्१ सपाबाट नेकपा पस्न लागेका केहीले यता घुर्क्याएर पद लिने र उता अध्यक्षद्वयसंग अलगअलग बार्गेन गरेर राम्रै लाभ लिन लागेछन्१भलो होस्१” संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टीको एकता सम्मानजनक नभएको बताउँदै पूर्वमन्त्री धमला सहितका केहि नेता कार्यकर्ता आज नेकपामा एक कार्यक्रमका बिच प्रवेश गरेका छन् ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

नेपालले सिङ्गापुरलाई दियो ३२७ रनको विशाल लक्ष्य

घलेम्दी जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भएसँगै परीक्षण उत्पादनको तयारीमा