काठमाडौँ । एसीसी यू- १९ इस्टर्न रिजन क्रिकेट अन्तर्गत नेपालले सिंगापुरलाई ३२७ रनको चुनौती दिएको छ । मलेसियाको किनरारा ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले नेपालका विफोटक ब्याट्सम्यान रित गौतमको शतक र कुशल मल्लको अर्धशतकमा नेपालले ३२६ रन जोड्न सकेको हो । नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३२६ रनको विशाल योगफल खडा गरेसँगै सिंगापुर दबाबमा परेको छ ।
पहिलो खेलमा चीनलाई १० विकेटले पराजित गरी सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको साविक विजेता नेपालले यस खेलमा जित हासिल गरे समूह ए को विजेता बन्नेछ । नेपालका ओपनर रित गौतमको सानदार शतक र खडग बहादुर बोहोराले ९० रनको पारी खेलेपछि नेपालले फराकिलो योगफल बनाएसँगै नेपाल थप उत्साहित बनेको छ । ओपनर रित र पवन सर्राफले पहिलो विकेटका लागि ९२ रनको साझेदारी गरेको खेल निकै रोमाञ्चक बन्ने पक्का छ । सिंगापुरका प्रणव र विनित मेहताले २–२ विकेट लिन सफल भएका छन् ।
Comments
0 comments