बिग्रिएको ट्रक हटाउन नसक्दा नागढुंगामा २४ घण्टादेखि गाडीको चाप, अझै केही घण्टा यो सडकखण्डमा चापमा गाडी गुड्ने

काठमाण्डौ – काठमाण्डौको मुख्य नाका नागढुंगामा हिजोदेखिको गाडीको चाप अझै कम हुन सकेको छैन । नागढुंगा नजिकै धादिङको सिक्रेखोलामा बिहीबार बिहान बिग्रिएको ट्रक हटाउन नसक्दा गाडीको चाप कम गर्न नसकेको बताइउको छ । अहिले गाडी ओहोरदोहोरमा समस्या भएको हो । काठमाण्डौ भित्रिने गाडीको लाइन खानीखोलासम्म र काठमाण्डौबाट छुटेका गाडीको लाइन नागढुंगासम्म पुगेको छ ।

मार्बल बोकेर काठमाण्डौका लागि छुटेको भारतीय नम्बर प्लेटको ठूलो ट्रक बीच सडकमै बिहीबार बिहान ६ बजेतिर बिग्रिएको हो । बिग्रिएको ट्रक बनाउन पनि नसकिएको र क्रेनले हटाउन पनि नसकिएको प्रहरीले जनाएको छ । अझै केही घण्टा यो सडकखण्डमा चापमा गाडी गुड्ने बताइएको छ ।प्रहरीका अनुसार आलोपालो गरेर एक लेनमा गाडी गुडिरहेकाले चाप भएको हो ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

तमिल फिल्ममा यसरी हंगामा मच्चउने सोचमा छन् शाहरुख खान, निभाउदैछन् यस्तो भिन्न भुमिका

खानेपानी धाराः २२ घन्टा ताला, एक-एक गाग्री पाउन पनि गाह्रो