क्रिस गेलको विश्व कपको अन्तिम खेलमा वेष्टइण्डिजले निकाल्यो शानदार जीत, दंग क्रिस गेल

काठमाडौँ । जारी विश्वकप क्रिकेटमा वेष्ट इण्डिजद्धारा अफगानिस्तान २३ रनले पराजित भएको छ । इंग्ल्याण्ड र वेल्समा जारी एकदिवसीय विश्वकप क्रिकेटमा बिहिबार पराजय बेहोर्दै
जितविहीन हुँदै विश्वकपबाट अफगानिस्तान बाहिरिएको हो । सेमिफाइनल दौडबाट बाहिर भइसको वेष्टइण्डिजका लागि आफ्नो विश्व कपको अन्तिम क्रिस गेलले ब्याटिंगबाट भने कुनै योगदान दिन सकेनन् । तर, बलिंगबाट भने ६ ओभर बलिंग गर्दै एक विकेट लिए ।

जितबाट प्रतियोगिता शुरु गरेको वेष्टइण्डिजले जितबाटै अन्त्य गरेको छ । उसले पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेको थियो अन्तिम खेलमा अफगानिस्तानलाई २३ रनले पराजित गर्दै प्रतियोगितामा ५ अंक बनाउँदै बाहिरियो । लीड्स बिहीबार टस जितेर पहिला ब्याटिंग गरेको वेष्टइण्डिजले ६ विकेटमा ३११ रन बनाएको थियो । निर्धारित ओभरमा ६ विकेट गुमाएर ३११ रनको योगफल तयार पार्न उसका लागी क्रिश गेलले १८ बलमा ७ रन, लेविस ५८ रन , बनाए ।

दोस्रो विकेटका लागि इनि लेविस र साइ होपले दोस्रो विकेटका लागि ८८ रनको साझेदारी गरे । लेविस ५८ रन प्रहार गरी आउट हुँदा क्यारेवियन टोली १०९–२ को अवस्थामा थियो । तेस्रो विकेटका लागि होपले सिमरन हेटमायरसँग मिलेर तेस्रो विकेटका लागि ६५ रनको थप साझेदारी गरेको खेल निकै रोमाञ्चक थियो । जवाफमा अफगानिस्तान ५० ओभरमा अलआउट हुँदै २८६ रन बनायो । अफगानिस्तानका लागि इकराम अलिखिलले अर्धशतक बनाएका थिए ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

People gather on the National Mall ahead of President Trump’s speech

South Korean merchants stage a rally