एजेन्सी – फिल्म ’जिरो’ को असफलता पछाडि बलिउडका अभिनेता शाहरुख खान फिल्म तमिलमा अभिनय गर्ने भएका छन् । उनि ’जिरो फल्प भएपछाडि निकै चिन्तित रहेका थिए ।
यतिबेला उनि फिल्म तमिलमा खेल्ने चर्चा भने छाइरहेको छ । भारतिय मिडियाका अनुसार शाहरुखले यशराजको नयाँ प्रोजेक्ट ’धुम ४’मा भिलेनको भूमिका निभाउने भएका छन् । उनले ’धुम ४’ मा नभई तमिल फिल्ममा डेब्यु गर्दै भिलेनको भूमिका निर्वाह गर्ने बताइएको छ ।
तर फिल्मको घोषणा नभएता पनि उनि तमिल फिल्म ’बिगिल’मा चाडै नै डेब्यु गर्ने भएका छन् । दिवालीको अवसर परेर यहि वर्षको अक्टुवरमा रिलिज हुने बताइएको छ । अभिनेता विजयको मुख्य भूमिका रहने फिल्मा ता शाहरुखले १५ मिनेटको भूमिका निभाउने बताइएको छ ।
ँ
Comments
0 comments