को हुन् यि माननीय जसले प्रधानमन्त्रीलाई मास्क नलगाई स्कुटीमा चढेर धुलो परिक्षण गर्न आग्रह गरिन् ?

काठमाडौं – प्रमुख प्रतिपक्ष कांग्रेस सांसद रंगमती शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजधानीमा मास्क लगाउनुपर्छ कि पर्दैन भन्ने थाहा पाउन स्कुटरमा बसेर यात्रा गर्न चुनौती दिएकी छन् । आफ्नो कार्यकालमा राजधानीमा धूवाँधूलो नियन्त्रण भएकाले अब मास्क लगाएर हिँड्न पर्दैन भनी प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति उनले कटाक्ष गरेकी हुन् ।

‘मन्त्री (भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ)ज्यूमार्फत प्रधानमन्त्रीज्यूलाई भन्न चाहन्छु, आउनुस् प्रधानमन्त्रीज्यू ! मेरो स्कुटीको पछाडि बस्नुस्, वनस्थलीसम्म जाऔँ । मास्क लाउनुपर्छ कि पर्दैन, हेरौं,’ प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको बिहीबार बसेको बैठकमा शाहीले भनिन् ।बैठकमा सरकारका तर्फबाट यातायातमन्त्री महासेठ सहभागी थिए । शाहीले आफू स्कुटीमा हिँड्ने गरेको उल्लेख गर्दै राजधानीमा मास्क लगाउनुपर्छ कि पर्दैन भनेर बुझ्न मन्त्री महासेठ र समितिका सदस्यहरूलाई समेत आग्रह गरेकी थिइन् ।

राजधानीको प्रदूषण घटाउन प्रधानमन्त्री ओलीले सेवा आरम्भ गरेका साझा यातायातका विद्युतीय बस कहाँ थन्किएका छन् भन्ने प्रश्नसमेत उनको थियो । प्रधानमन्त्री ओलीले गत कात्तिक ६ गते ललितपुरको साझा यातायातको कार्यालयमा आयोजित कार्यक्रममा विद्युतीय बस सेवाको उद्घाटन गरेका थिए । संस्कृति मन्त्रालयले लुम्बिनी क्षेत्रमा सञ्चालन गर्न ल्याएका ५ वटा विद्युतीय बस साझा यातायात मातहतमा लगी हतारमा राजधानीमै सेवा सुरु गरिएको घोषणा भएको थियो । यो समाचार कान्तिपुर राष्ट्रिय दैनिक अखबारमा प्रकाशित छ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

खानेपानी धाराः २२ घन्टा ताला, एक-एक गाग्री पाउन पनि गाह्रो

यि दुई पाकिस्तानी मिलेर के गरे यस्तो, प्रहरी नै पर्यो दंग