इँटा बोकेको ट्रक त्रिशूली नदीमा खस्यो

?

चितवनमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु’ भएको छ । आज बिहान ५ः४५ बजे मुग्लिनबाट काठमाडौँ जाँदै गरेको ना ७ ख ६७६५ नम्बरको इँटा बोकेको ट्रक पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ चुम्लिङटार नजिकैबाट त्रिशूली नदीमा खसेर दुर्घटना हँुदा दुई जनाको घटनास्थलमै मृत्यु’ भएको हो ।

दुर्घटनामा एक जना घाइते भएका छन् । घाइतेको उद्धार गरी उपचारका लागि भरतपुर पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । प्रहरीका अनुसार घाइते र मृतक’ दुवैको परिचय खुलेको छैन । अहिले नदी किनारबाट मृतक’को शवलाई बाहिर निकाल्ने प्रयास भइरहेको छ । थप विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

खानेपानी धारामा २२ घन्टा ताला लगाएपछाडि एक-एक गाग्री पाउन पनि गाह्रो

फेसन सेन्स स्टाइल र प्रेममा कारण चर्चामा आउने रणवीरले कति पढेका छन् ?