अमेरिकाको क्यालिफोर्नियामा शक्तिशाली भूकम्प, भयो ठूलो क्षती

अमेरिकाको क्यालिफोर्नियामा शक्तिशाली भूकम्प गएको छ । समाचारमा जनाइए अनुसार ६।४ म्याग्निच्युडको भूकम्प जाँदा भवनहरुमा क्षति पुगेको र केही ठाउँमा आगलागी भएको छ ।
उद्धार तथा राहतको काम जारी रहेको अग्निनियन्त्रकहरुले बताएका छन् ।

भुकम्प पछिल्लो दुई दशक यताकै शक्तिशाली भूकम्प रहेको जनाइएको छ ।भूकम्पको केन्द्रविन्दु क्यालिफोर्नियाको दक्षिणी क्षेत्रमा रहेको छ । लस एन्जलसबाट उत्तर तर्फ २४० किलोमिटरको दूरीमा पर्ने रिड्गेक्रेस्ट शहर केन्द्रविन्दु रहेको जनाइएको छ ।

केन्द्रविन्दु रहेको रिड्गेक्रेस्ट शहरमा नै मा ठूलो क्षति भएको बताइएको छ । भुकम्पमा परी केही मानिस घाइते भएका छन् ।भूकम्प फेरि पनि आउन सक्ने भएकाले सचेत रहन आग्रह गरिएको छ । उक्त शहरकमा आपत कालिन घोणण गरिएको छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

टेस्ट अफ हार्मोनीमा तारादेवी र अरुणा लामाका धुनहरु गुञ्जिँदै

Trump Fourth of July