अभिनेत्री हर्षिका छमछम नाचेको तीज गीत ‘यसपालीको तीजमा’को भिडियो हेर्नुहोस्

काठमाडौं– आधुनिक गीतहरुमा सहकार्य गर्दै आएका संगीतकार सुनिल मास्के तथा गीतकार योगेन्द्रमणि दाहालल पहिलो पटक एउटा गीत गीतमा सहकार्य गरेका छन् । आधुनिक गीतका संगीतकार सुनिल मास्केद्वारा पहिलो पटक संगीतबद्ध गरिएको तीजको गीत ‘यसपालीको तीजमा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार योगेन्द्रमणि दाहालले उक्त तीज गीत रचना गरेका हुन् । गीतमा गायिका मिना थापको स्वर सुन्न सकिन्छ ।

प्रदीप श्रेष्ठद्वारा संगीत संयोजन गरिएको उक्त गीतमा गोपाल घतानीले बासुरीवादन गरेका छन् भने धर्मा गन्धर्वले सारंगी तथा कुमार महाराजले रिदममा साथ दिएका छन् । युवराज वाइवा तथा विकास दाहालद्वारा निर्देशन तथा सम्पादन गरिएको उक्त गीतको म्युजिक भिडियोलाई उत्सव दाहालले छायांकन गरेका हुन् । भिडियोमा अभिनेत्री हर्षिका श्रेष्ठ तथा सरोज दाहालले आकर्षक नृत्य गरेका छन् । यस्तो छ भिडियो

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

A model wears a creation of the spring/summer collection

Russia Navy Fire