सञ्जय दत्तकी छोरी त्रिसलाले इटालियन मूलका ब्वाइफ्रेन्डको मृत्युपछि लेखिन् मन छुने भावुक स्टाटस, बलिउड कर्मी अचम्मित !

नयाँदिल्ली- सञ्जय दत्तकी छोरी त्रिशाला दत्तले ब्वाइफ्रेन्डको मृत्युपछि भाबुक स्टाटस लेखेकी छन् । उनको यसतो स्टाटस बाहिर आएपछि सबै जना अचम्मित भएका छन् । किनकी उनका ब्वाइफ्रेन्डबारे यसअघि खासै चर्चा थिएन ।त्रिशालाले इन्स्टाग्राममा आफ्ना ब्वाइफ्रेन्डको मृत्यु भएको कुरा सार्वजनिक गरेकी हुन् । इटालियन मूलका उनका ब्वाइफ्रेन्डलाई उनले श्रद्धाञ्जली दिँदै भावुक स्टाटस समेत लेखेकी छन् तर उनको मृत्यु कसरी भयो भन्नेबारे पनि केही कुरा सार्वजनिक भएको छैन ।

त्रिशालाले लेखेकी छन्, ‘मेरो दिल टुट्यो, मलाई प्रेम गरेकोमा, मेरो सुरक्षा गरेकोमा र मेरो ख्याल राखेकोमा तिमिलाई धन्यवाद ! तिमिले मलाई जिन्दगीमा यति खुसी राख्यौ कि जति मैले पहिले कहिल्यै पाएको थिइन । तिमिसँग हुँदा म संसारकै खुसी केटी थिएँ । धन्य महसुश गरेकी थिएँ । तिमि सधैँ मेरो अन्तहृदयमा जीवित रहनेछौ । म तिमिलाई सधैँ प्रेम गरिरहने छु । सधैँ तिमिलाई मिस गर्ने छु । अर्को पटक नभेटुन्जेलसम्म ।’त्रिशाला अभिनेता सञ्जय दत्तकी पहिलो श्रीमतीकी छोरी हुन् । उनकी आमा ऋचा शर्मा त्रिशाला ८ वर्षको छँदा बितेकी थिइन् ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

भ्रष्टाचारको आरोप लागेका नेपाल प्रहरीका पूर्व आईजीपी चन्दद्वारा आत्मसमर्पणपछि जेल चलान

किन पिउने सुत्नुअघि दुध, यस्ता छन् कारण