२० लाखको लागतमा निर्माण भएको डिप बोरिङबाट स्थानीयवासीलाई खानेपानी वितरण गरिने

विदुर- नुवाकोटको विदुर नगरपालिका–५ स्थित पीपलटारको मुख्य चोकमा डिप बोरिङबाट खानेपानी वितरण गरिने भएको छ । प्रतिनिधिसभाका सांसद नारायणप्रसाद खतिवडा, नगरपालिकाको कार्यालय, विदुर नगरपालिका–५ को वडा कार्यालय र स्थानीयवासीको आर्थिक सहयोगमा डिप बोरिङ निर्माण भएको हो ।

रु २० लाखको लागतमा निर्माण भएको बोरिङ निर्माणका लागि सांसद खतिवडाले स्थानीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गत .छुट्याएको रु सात लाख, विदुर नगरपालिका–५ कार्यालयबाट रु पाँच लाख, विदुर नगरपालिकाको कार्यालयबाट रु चार लाख र स्थानीयवासीको रु चार लाख सहयोग गरेको स्थानीय युवा व्यवसायी तथा समाजसेवी उद्धव पनेरुले जानकारी दिनुभयो ।

पनेरुले डिप बोरिङको पानीले पीपलटारका करीब सय घरधुरी लाभान्वित हुने र बोरिङमार्फत प्रत्येक घरमा धारा जडान गर्ने बताउनुभयो । सञ्चालनमा आएको डिप बोरिङको पानीबाट पीपलटार, माझगाउँ, देविघाट, भथ्रोक लगायतका स्थानमा खानेपानीको व्यवस्था सहज हुने बताइएको छ । बोरिङको पानीलाई एक साता परीक्षण गरी त्यसपछि वितरणको व्यवस्था मिलाइनेछ । (रासस)

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

लामो समयदेखि वर्षा नभएका कारण सिरहा र सप्तरीमा पाँच प्रतिशत मात्र रोपाइँ

३० महिनादेखि कतार जेलमा रहेका बिनोदको व्लड मनी तिर्न दिनरात नभनी शिशिर भण्डारीले १ हप्तामै यति धेरै लाख उठाए (भिडियो हेर्नुस)