बढी जमीनमा उखुखेती गरेपछि पर्सामा तेह्र हजार मेट्रिकटन कम गहुँ उत्पादन

किसान उखुँखेतीतर्फ आकर्षित भएका र विगतकोभन्दा बढी जमीनमा उखुखेती गरिएकाले यस वर्ष पर्सा जिल्लामा १३ हजार मेट्रिकटन कम गहुँ उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

आर्थिक वर्ष २०७४÷०७५ मा ३१ हजार हेक्टर जमीनमा गहुँखेती गरी ८० हजार ६०० मेट्रिकटन उत्पादन गरिएकामा आव २०७५÷०७६ मा २६ हजार हेक्टर जमीनमा गहुँखेती गरी ६७ हजार ६०० मेट्रिकटन उत्पादन भएको थियो । यस वर्ष जिल्लाका किसानले उखुखेतीलाई प्राथमिकतामा राखेकाले उत्पादनमा कमी आएको उक्त कार्यालयले जनाएको हो ।(रासस)

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

संरक्षण नगरिदा जिर्ण हुदै पुरातात्विक महत्व बोकेका मल्लकालीन निरौली दरबार

बिजुलीको विस्तारसँगै ढिकी जाँतो लोप हुँदै गाउँमा