आमा भन्दा ठूलो संसारका अरु कोही पनि हुँदैनन् भन्ने गरिन्छ । तर, भक्तपुर चाँगुनारायणकी ६१ वर्षीया सावित्री भट्टराई यस्ती अभागी आमा बनिन् जो आफ्नै छोरीको हातबाट हत्याको शिकार बनिन् । जुन घटनाले अहिले सारा दुनियाँलाई चकित मात्र बनाएको छैन । चिन्तित समेत बनाएको छ ।
साबित्रिकी छोरी ईश्वरीले आफ्नै आमालाई हत्या गर्ने यत्रो योजना बुनेकी थिइन् भन्ने विचरा आमा सावित्रीलाई सुइको समेत थिएन । छोरीको नाममा कलङ्क सिर्जना गर्दै छोरी ईश्वरीले आमाको योजनावद्ध रुपमा हत्या गरिन् । आखिर समाजमा कसको विश्वास गर्ने भन्ने गम्भिर प्रश्न सावित्री हत्याकाण्डले उब्जाएको छ ।
Comments
0 comments