गायक धीरज राईले लामो समयदेखि ‘बुद्ध वाज बर्न इन नेपाल’ अभियान चलाइरहेका छन् । यसको प्रचार गर्न विभिन्न ठाउँमा कन्सर्ट पनि गरिरहेका छन् । उनले नयाँ गीत नदिएको धेरै भयो । नँया पत्रीकामा खबर छ
उनले अहिले यहीबारे नयाँ कुरा सार्वजनिक गरेका छन् । आफूले ‘बुद्ध भारतमा जन्मिएका हुन्’ भनेर पढ्न अस्वीकार गर्दा कलेजबाट निकालिएको बताएका छन् ।
उनले भनेका छन्, ‘मास्टर्स पढ्दा कोर्समै बुद्ध भारतमा जन्मेको भनेर राखिएको रहेछ । त्यस्तो होइन, बुद्ध नेपालमै जन्मेका हुन् भन्दा म आफैँ कलेजबाट निकालिएँ ।’ उनले बुद्धसम्बन्धी भ्रम छर्ने पाँच सय किताब जलाएको पनि बताए ।
Comments
0 comments