मेलम्चीको बाँकी काम सुरू गर्नु भन्दा पुर्व १ अर्ब बढी घोटला

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पछिल्लो ठेक्का निर्णयमा एक अर्ब रुपैयाँभन्दा बढी घोटला भएको पाइएको छ । आयोजनाको ठेकेदार इटालियन कम्पनी सीएमसीले छाडेर गएको बाँकी कामका लागि मन्त्रिपरिषद्बाट बिनाप्रतिस्पर्धा ठेक्का दिँदा एक अर्ब रुपैयाँभन्दा बढी घोटला भएको हो ।

तीन प्रतिशत कामका लागि आयोजनाले मन्त्रिपरिषद्बाट दुई अर्ब ६३ करोड रुपैयाँमा बिनाप्रतिस्पर्धा ठेक्का दिने निर्णय गरेको थियो । जबकि सीएमसीले त्यही काम एक अर्ब ५५ करोड रुपैयाँमा गर्न लागेको थियो ।

यसरी डेढ अर्ब रुपैयाँमा सकिने कामलाई दुई अर्ब ६३ करोड रुपैयाँ ठेक्का दिने निर्णय गराएर एक अर्ब आठ करोड रुपैयाँ गोलमाल गरिएको तथ्य अन्नपूर्णले फेला पारेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

नेपालकै पहिलो ‘स्मार्ट भिलेज’ बन्दै गरेको घलेगाउँ, भुजुङमा लगाइएको चिया खेती पर्यटकको मुख्य आकर्षण

नेदरल्यान्ड्सलाई २०१० को विश्वकपको फाइनलमा पु्रयाएका नेदरल्यान्ड्सका राष्ट्रिय टोलीका पूर्व स्टार रोवेनले लिए सन्यास