अज्ञात रोगका कारण २० वटा बङ्गुरमा आयो यस्तो सम्स्या

निस्दी गाउँपालिका–३ झिरुवासको खाँदरमा अज्ञात रोगले बङ्गुर मर्न’ थालेपछि कृषक चिन्तत भएका छन् । घरमा पालिएका बङ्गुर धमाधम मर्न थालेपछि ठूलो नोक्सान पुगेको स्थानीयवासी ओमलाल थापाले बताउनुभयो ।

“आम्दानी होला कि भनेर बङ्गुर पालेका थिए, अहिले धमाधम मर्न’ थालेपछि ठूलो नोक्सानी व्यहोर्नु परेको छ”, उहाँले भन्नुभयो । अज्ञात रोगका कारण अहिलसम्म सो ठाउँमा २० वटा बङ्गुर मरिसकेको बताइएको छ ।

घरमै पुगेर अनुसन्धान गर्दा रोग पत्ता नलागेपछि थप अनुसन्धानका लागि पशु सेवा विज्ञ केन्द्र पाल्पामा अनुरोध गरिएको शाखाप्रमुख ओमबहादुर मश्राङ्गीले बताउनुभयो । बङ्गुरमा पड्के रोग लागेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको पनि उहाँले बताउनुभयो ।(रासस)

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

Croatian soldiers participate in the military exercise

निजामती कर्मचारी अस्पतालमा बेथिति, ९ करोड घाटामा तर बाँडियो ४० लाख भत्ता