सरकारले सातवटै प्रदेशमा वर्षैभरी सहुलियत पसल सञ्चालन गर्ने भएको छ।उपभोक्तालाई सुपथ मूल्यमा दैनिक उपभोग्य वस्तु उपलव्ध गराउन सहुलियत पसल सञ्चालन गर्न लागिएको खबर आजको कारोबार दैनिकमा लक्ष्मी सापकोटाले लेखेका छन्।
यसअघि चाडपर्वको बेलामा मात्रै सञ्चालन हुँदै आएको सहुलियत पसल आगामी वर्षदेखि सातै प्रदेशमा वर्षैभरी सञ्चालन गर्न लागिएको आपुर्ती व्यवस्था तथा उपभोक्ता हित संरक्षण समितिले जानकारी दिएको छ।
सात प्रदेशमा १४ वटा सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको आपुर्ती व्यवस्था विभागका महानिर्देशक योगेन्द्र गौतमले जानकारी दिए।
Comments
0 comments