भ्रष्टाचारविरुद्धको आन्दोलनमा राजनीतिक दल लाग्नुपर्ने : नेता सिंह

नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले भ्रष्टाचारविरुद्धको आन्दोलनमा राजनीतिक दल लाग्नुपर्ने बताउनुभएको छ ।नेपाल ट्रेड युनियन काङ्ग्रेस काठमाडौँ जिल्ला समितिको आयोजनामा   चन्द्रागिरिमा भएको ‘गिरिजाप्रसाद ट्रेड युनियन र वर्तमान परिस्थितिमा हाम्रो भूमिका’ विषयक विचार गोष्ठीमा उहाँले भ्रष्टाचार अन्त्यका लागि राजनीतिक दल नै लाग्नुपर्ने बताउनुभएको हो । नेता सिंहले वर्तमान सरकारले जनताको भावनालाई सम्बोधन गर्न नसकेको बताउनुभयो ।

पार्टीका पूर्वमहामन्त्री सिंहले पार्टीको नेतृत्व सक्षम नरहेका कारण पार्टी संस्थागतरुपमा अगाडि बढ्न नसकेको बताउनुभयो । “इतिहास बोकेको पार्टी काङ्ग्रेस विधिसम्मत र अनुशासित ढङ्गले चल्न सकेन”, उहाँले भन्नुभयो । नेपालको शान्ति प्रक्रियामा स्व गिरिजाबाबुको महत्वपूर्ण योगदान रहेको उहाँको भनाइ थियो ।

नेता सिंहले मजदूरको हकहित र अधिकारका लागि गिरिजाबाबुले पु¥याएको योगदन जति चर्चा गरे पनि नसकिने बताउनुभयो । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले प्रजातान्त्रिक प्रक्रियालाई टिकाएर राख्न गिरिजाबाबुको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । “गिरिजाबाबु लोकतन्त्रका लागि चिन्तन गर्ने र त्यसको संरक्षका लागि लागिपर्ने व्यक्ति हुनुहुन्थ्यो”, उहाँले भन्नुभयो ।

नेपाल ट्रेड युनियन काङ्ग्रेसका महासचिव योगेन्द्र कुँवरले गिरिजाबाबुको मार्गदर्शनअनुरुप सबै पेशाकर्मी पेशागत हक अधिकारका लागि एकताबद्धरुपमा अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।(रासस)

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

The ex Humberstone saltpeter, near Pozo Almonte

A woman watches the solar eclipse in La Serena