चट्याङले दाङमा एक व्यक्तिको मृत्यु भएको छ । चट्याङले दाङ तुलसीपुर उपमहानगरपालिका–१५ पहेँलपुर निवासी १८ वर्षीय सुमन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मङ्गलबार साँझ पौने ६ बजेतिर चौधरी घर बाहिर निस्केको अवस्थामा चट्याङ पद गम्भीर घाइते भएका चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताउनुभयो ।(रासस)
Comments
0 comments