कार्तिकलाई मिस गर्दै साराले पोस्ट गरीन यस्तो सन्देश

काठमाडौं – निर्देशक इम्तियाज अलीको १० वर्ष पहिलेको फिल्म ‘लभ आजकल’को सिक्वेलको सुटिङ सकिएको छ । फिल्ममा सारा अली खान र कार्तिक आर्यनले स्क्रिन सेयर गरेका छन् । सुटिङका क्रममा दुवै स्टारको केही तस्बिर बाहिर आएको थियो, जसका आधारमा उनीहरूको मित्रताको चर्चा भएको थियो । फिल्मको सुटिङ सकिएको छ । तर, सारालाई आर्यनको ह्याङ अझै बाँकी छ । उनले कार्तिकका लागि एक भावनात्मक सन्देश पोस्ट गरेकी छिन् ।

फिल्मको सुटिङ सकिएपछि साराले फिल्मको टिमलाई नै मिस गरिरहेको कुरा लेखेकी छिन् । उनले कार्तिकका लागि लेखेकी छिन्, ‘तिमीसँग काम गरेको समयमा मलाई सहज फिल गराएकोमा धन्यवाद । कुनै लोभविना मलाई यति धेरै दिएको र मेरो ख्याल राखेकोले पनि धन्यवाद । तिम्रो साथमा कफीदेखि चिया लिएको म सम्झन्छु ।नयाँ पत्रिकामा खबर छ । यी सब हामी फेरि गर्नेवाला छौँ । तिमीलाई यति सम्झिरहेको छु, जति तिमी सोच्न पनि सक्दैनौ ।’

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

स्याङ्जाबाट प्रहरीले गर्यो एघार सय लिटर घरेलु मदिरा नष्ट

दाङबाट आयो दुखद खबर : चट्याङ पर्दा गाँउले भए त्रसित