कलेज टपर एचआईभी लागेका सञ्जु बाबा साथीभाईबाट भए बिदा, कहाँ जाँदैछन् ? हेर्नुहोस् भिडियो

एचआईभी संक्रमित सञ्जिव क्षेत्री (सञ्जु बाबा) अन्ततः सुधार गृह जान तयार भएका छन् । साथै उनलाई उनी बस्दै आएको टोलका छिमेकी, साथीभाईले सम्झाउँदै बिदाई समेत गरेका छन् । उनी बस्दै आएको काठमाडौं सोह्रखुट्टेका केही स्थानीयले एक कार्यक्रम गरी मिडिया बोलाएर सञ्जु बाबालाई अब कूलत छाड्न आग्रह गरे ।

सञ्जु बाबाले पनि आफूले मौका पाएको भन्दै अब सुध्रिने प्रतिबद्धता गरेका छन् । ‘गल्ती गरेपछि सबैले मौका पाउनुपर्छ, मैले मौका पाएको छु, अब यो मौका गुमाउँदिन’, उनले भने । सञ्जु बाबाले अब आफू सुधाार गृहमा गरेर बस्ने र नियमित औषधी सेवन गर्ने विश्वास आफ्ना साथीभाई दिलाएका छन् । उनले आफू जस्ता सबै एचआईभी संक्रमितहरुले मौका पाउनु पर्ने बताए ।

सोह्रखुट्टेका स्थानीयका अनुसार झण्डै एक दशक अघि त्यहाँ आउँदा सञ्जु बाबा निकै शालिन, भद्र थिए । तर, पछिल्ला केही वर्षदेखि उनको हालत निकै नाजुक भएको उनीहरुले बताए । ‘सञ्जु सबै जानेको, बुझेको मान्छे, उसलाई के सही के गलत भन्ने सबै थाहा छ, समयले उसलाई यस्तो बनायो’, एक स्थानीयले भिडियोमा भनेका छन् । अब सञ्जु बाबा कहाँ जाँदैछन् त ? पूरै हेर्नुहोस् माथिको भिडियो ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

महादेवटारमा सञ्चालन गरेको घुम्ती शिविरबाट ७३ जनाले पाए नागरिकता

मुन्द्रेको कमेडी शो मा फुलन्देकी आमा र लट्टे भन्दा खत्रा को आउदैछ? (भिडियो)