भन्सार छलीको सामानसहित ओमप्रकाश परे प्रहरीको फन्दामा

नेपाल प्रहरीले भन्सार छली गरेर ल्याएको सामानसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले अवैध रुपमा भन्सार छलेर ल्याएको रु तीन लाख ४६ हजार १५० मूल्य बराबरको सामानसहित काठमाडौँ महानगरपालिका–२७ असन बस्ने ३८ वर्षीय ओमप्रकाश चौरासीयालाई सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

प्रहरीले भारत कोलकाता चल्ने डब्लु बी ३३ ई १०५१ नम्बरको यात्रुबाहक बस जाँच गर्ने क्रममा बसको छतमा तुलसी लेखिएको सुर्ती १७० प्याकेट, बाबा सुर्ती एक हजार ३३० प्याकेट, फलामको डाडु २९ थान, पन्यु सात थान, झाँझर १२० थान, अष्टगन्ध ६८४ थान बरामद गरेको छ । बसका चालक फरार रहेकाले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (रासस)

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

मानव अतिक्रमणमा गौंथली र चमेरा

बिग मर्जरका लागि वाणिज्य बैंकबीच छलफल तिव्र