विशिष्टको सुरक्षामा एक बटालियन सशस्त्र

विशिष्ट व्यक्तिको सुरक्षाका नाममा सशस्त्र प्रहरीका पाँच सय ४६ जना सुरक्षाकर्मी र चालक खटिएका छन्।

विशिष्ट व्यक्तिलाई सुरक्षा खतरा नभए पनि घरेलु कामदारका रुपमा सुरक्षाकर्मी खटिँदा सशस्त्र प्रहरीको एक बटालियन जनशक्ति नै कार्यक्षेत्रभन्दा बाहिर रहेको छ। यो खबर आजको नागरिक दैनिकमा पटेन्द्र कार्कीले लेखेका छन्।

विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि २०७० मा गृहमन्त्रीलाई १० र पूर्व गृहमन्त्रीलाई दुईजना सुरक्षाकर्मी दिने व्यवस्था छ।

तर मापदण्डविपरित पिएसओ, चालक र सहयोगीका रुपमा सुरक्षाकर्मी खटाइएको छ।

श्रोतका अनुसार विशिष्ट व्यक्तिको सुरक्षाका लागि दुईजना डिएसपी, ८ इन्सपेक्टर, ३७ सई, १९ असई, ३३ वरिष्ठ हबल्दार, ५० हबल्दार, एक सय १६ सहायक हबल्दार र दुई सय ४५ जना जबान परिचालित छन्।

त्यस्तै १९ परिचर र १७ चालक पनि विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका छन्।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

भन्सारमा भ्रष्टाचार : आम्दानी १५ हजार मात्रै, खर्च भने १७ लाख !

समाजवादी पार्टी वैकल्पिक शक्ति : डा भट्टराई