डाक्टर प्रेमी-प्रेमीकाको झगडाले लियो ज्यान

एजेन्सी। मानिसले प्रेम पाउन जे पनि गर्छ । तर प्रेम नपाएपछि उसले बदलाको भावना पनि राखीराखेको पनि हुन्छ । यसैबिच अष्ट्रेलियाको सिड्नीमा एक व्यक्तिले पूर्व प्रेमिकाको ज्यान लिएर शवलाइ सुटकेसमा कोचेर कारमा राखेका छन् । घटना मार्चको पहिलो साताको हो । घटनामा ३२ वर्षीया दन्त चिकित्सक प्रिती रेड्डीको शव सुटकेशमा फेला परेको प्रहरीले जनाएको छ । भारतीय मूलकी उनीमाथि धेरै ठाउँमा छुरा प्रहार भएको भेटिएको प्रहरीले जनाएको छ ।

घटनामा उनकै पूर्व प्रेमी हर्ष नरडे संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट प्रहरीले पत्ता लगाएको छ । उनीहरु दुवै चिकित्सक भएको पनि प्रहरीले जनाएको छ । प्रिती लामो समयसम्म घर नफर्किएपछि उनको खोजी गर्न परिवारले प्रहरीमा उजूरी गरेसँगै खोज्दै जाँदा हर्षले कार दुर्घटनामा आफैलाई पनि सक्याएको रहस्य प्रहरीले पत्ता लगाएको छ । प्रितीलाई छाड्नै नसक्ने अवस्थामा पुगेका हर्षले उनको प्रेम पाउन खोज्दा आँफै अप्ठ्यारोमा परे ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

प्रकाशको ३८ औँ जन्मजयन्तीको अवसरमा एक विदेशीसहित चार पर्वतारोही सम्मानित

भवन निर्माणका क्रममा घुस लिएको आरोपमा शिक्षाका सब–इञ्जिनीयरसहित दुई जना पक्राउ