अवैधरुपमा पोखरामा बस्दै आएका रुसी नागरिक पक्राउ

अवैधरुपमा पोखरामा बस्दै आएका एक रुसी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पर्यटन प्रहरी कार्यालयको टोलीले नागरिकता, राहदानीलगायत कागजात बिना बस्दै आएका निकोलाय ओलेगबीच भोर्नोभलाई पोखरा–६ खहरेबाट पक्राउ गरेको हो ।

पर्यटकीयस्थल लेकसाइडमा माला, क्युरियोलगायत सामग्री बेचबिखन तथा अन्य गतिविधिमा संलग्न रहेका उनलाई प्रहरीले आवश्यक कारवाहीका लागि अध्यागमन कार्यालय पोखरालाई बुझाएको थियो । उनलाई आजै अध्यागमन विभाग काठमाडाँैं पठाइएको छ । (रासस)

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

सुतिरहेको अवस्थामा सर्पले कानमा डस्दा पवनको ज्यान गयो

सहकार्यको नमूना : मकै रोपेर जाजरकोटका पशुपालक कोही पाटनमा कोही खेतबारीमा व्यस्त