गए राति दाङमा ट्र्याक्टर पल्टिँदा चालकको ज्यान गयो

दाङमा ट्र्याक्टर पल्टिँदा एक व्यक्तिको मृत्यु भएको छ । गए राति १ बजेतिर तुलसीपुर उपमहानगरपालिका–८ टिकरीखोलामा ट्र्याक्टर पल्टिँदा चालक तुलसीपुर–५ बगरपुर निवासी २० वर्षीय दीपक नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ना५त ९०७९ नंको ट्र्याक्टर पल्टिँदा गम्भीर घाइते भएका नेपालीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा २ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले बताउनुभयो ।

साथै सोही दुर्घटनामा परी सहचालक सोही ठाउँका १६ वर्षीय अनिल नेपाली घाइते भएका छन् । अनिलको बायाँ हातमा चोट लागेको छ । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।(रासस)

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

नुवाकोटमा चार करोडको लागतमा विद्यालय भवन निर्माण

एकै रातमा पाँच घरमा लुटपाट र चोरी भएपछि स्थानीयवासी त्रसित