नुवाकोटमा चार करोडको लागतमा विद्यालय भवन निर्माण

नुवाकोटको लिखु गाउँपालिका–३ ठूलोडाँडामा रु चार करोड ५० लाखको लागतमा विद्यालय भवन निर्माण गरिएको छ । ठूलोडाँडास्थित नव प्रकाश माविको सो भवनको सांसद बहादुरसिहं लामाले आज एक कार्यक्रमबीच उद््घाटन गर्नुभयो ।

विसं २०७२ वैशाख १२ गते गएको भूकम्पका कारण विद्यालय भवन भत्केको थियो । त्यसयता टहरामा पठनपाठन गरिँदै आएको थियो । अहिले १३ कोठे भवन निर्माण गरिएको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय एकाइको समन्वय तथा जापानी सहयोग नियोग (जाइका)को आर्थिक सहयोगमा सो भवन निर्माण गरिएको हो ।

कार्यक्रममा लिखु गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठ, वडा नं ३ का वडाध्यक्ष भोला सेडाइ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर राई, विद्यालयका प्रधानाध्यापक श्यामबहादुर राईलगायतको उपस्थिति रहेको थियो । (रासस)

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

लोकसेवाको परीक्षा नरोकिनेः चार लाख युवाको हक कुण्ठित गर्न नहुने सर्वोच्चको आदेश

गए राति दाङमा ट्र्याक्टर पल्टिँदा चालकको ज्यान गयो